Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

कृषि उत्पादन क्षति गर्ने जनावरमा बाँदर र दुम्सी अगाडि ! 

कृषि उत्पादन क्षति गर्ने जनावरमा बाँदर र दुम्सी अगाडि ! 


  • 2.0K
    Shares

    कृषि उत्पादन क्षति गर्ने जनावरमा बाँदर र दुम्सी अगाडि ! 
    images

    काठमाडौँ । कृषि क्षेत्रमा सबैभन्दा बढी क्षति बाँदर र दुम्सीले गर्ने गरिएको पाइएको छ । 

    राष्ट्रिय तथ्यांक कार्यालयले गरेको कृषि गणना अन्तर्गत सामुदायिक प्रतिवेदनले यस्तो देखाएको हो । 

    सार्वजनिक प्रतिवेदनअनुसार गणना गरिएका ६ हजार ३६ वडाहरूमध्ये सबैभन्दा बढी तीन हजार नौ सय २७ वडामा बाँदरले कृषिजन्य उत्पादनमा नोक्सान पुर्‍याएको छ ।

    बाँदरपछि धेरै नोक्सानी पुर्‍याउनेमा दुम्सी, स्याल र बँदेल रहेका छन् । दुम्सीले दुई हजार सात सय ५२, स्यालले दुई हजार पाँच सय ३४ र बँदेलले दुई हजार तीन सय ६२ वडामा नोक्सानी पुर्‍याएको अध्ययनले देखाएको छ । 

    यसैगरी, मृगले एक हजार ६ सय ६८, बाघ र चितुवाले एक हजार चार सय ९२, वनबिरालोले एक हजार चार सय ४०, लोखर्केले एक हजार दुई ३५ ठाउँमा क्षति पु¥याएको छ । मधेश प्रदेशको बढी वडामा नोक्सान पुर्‍याउनेमा भने बँदेल रहेको छ ।

    कुन प्रदेशमा कति ?

    1.JPG

    प्रकाशित मिति :बैशाख ३ २०८१ सोमवार - ०८:५८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij