२०८२ मंसिर १३ गते शनिवार
काठमाडौँ । पछिल्लो समयमा युवाहरूको विदेश पलायन र सहरीकरणले सामुदायिकस्तरमा कृषि कामदारको चरम अभाव देखिएको छ ।
आइतबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना ०७८ को प्रतिवेदनले यस्तो देखाएको हो । कार्यालयले ६ वैशाख ०७९ देखि जेठ १९ सम्म ४५ दिन लगाएर तथ्यांक संकलन गरेको थियो ।
नेपालका सात सय ५३ वटै पालिकाका ६ हजार ३६ वडाको करिब ९० प्रतिशत स्थानमा पुगेर भूउपयोग, सामाजिक–आर्थिक अवस्था, वडामा उपलब्ध सामुदायिक सेवा–सुविधाका विषयमा अध्ययन गरेको थियो ।
विवरण संकलन गरिएका वडाहरूमध्ये तीन वर्षमा ४० प्रतिशत वडाहरूमा कृषि कामदारको अभाव भएको छ । मधेश प्रदेशमा ६२ प्रतिशत वडामा कृषि कामदारको अभाव भएको प्रतिवेदनमा उल्लेख छ ।
कृषि कामदारको कम अभाव हुने प्रदेशमा कर्णाली रहेको छ । उक्त प्रदेशमा गणना गरिएको वडामध्ये ८३ अर्थात् १३ प्रतिशत वडामा कृषि कामदार अभाव रहेका छन् ।
कोशी प्रदेशमा चार सय ८५, बागमती प्रदेशमा तीन सय ९७ गण्डकीमा तीन सय पाँच लुम्बिनी प्रदेशमा तीन सय ३७ सुदूरपश्चिममा ९७ वडामा कृषि कामदारको अभाव हुने गरेको पाइएको छ ।
विगत ३ बर्षमा कृषि कामदारको अभाव भएको वडाको संख्या

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij