Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सनराइज ब्लुचिप फण्डमा आवेदन दिने आज अन्तिम दिन

सनराइज ब्लुचिप फण्डमा आवेदन दिने आज अन्तिम दिन


  • 6.7K
    Shares

    सनराइज ब्लुचिप फण्डमा आवेदन दिने आज अन्तिम दिन
    images

    सनराइज क्यापिटलले चैत १ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सनराइज ब्लुचिप फण्डको इकाईका लागि आवेदन दिने आज (चैत ८ गते) अन्तिम दिन हो ।

    माग गरिएकोभन्दा बढी आवेदन परेपछि क्यापिटलले आज निष्काशन बन्द गर्न लागेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो  । यो दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

    निष्काशनमा ल्याइएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

    दश वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १०:४४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij