Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

डेबिट–क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतभन्दा बढी क्यासव्याक पाइने  

डेबिट–क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतभन्दा बढी क्यासव्याक पाइने  


  • 2.8K
    Shares

    डेबिट–क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतभन्दा बढी क्यासव्याक पाइने  
    images

    कठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा विशेष योजना सार्वजनिक गरेको हो । उसले आफ्ना ग्राहकको फाइदाका लागि डेबिट–क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० दशमलब ८१ प्रतिशत वा अधिकतम् दुईसय नगद फिर्ता दिने योजना सार्वजनिक गरेको हो । 

    यो योजना भने सीमित समयसम्मका लागि सार्वजनिक गरिएको गरिमा विकास बैंक लिमिटेडले जनाएको छ । यो योजनाका लागि बेशाख १ गतेदेखि ३ गतेसम्मको अवधि कायम गरिएको छ ।

    बैंकको डेबिट–क्रेडिट कार्ड प्रयोगकर्ताले नेपालभित्र ओपिएस मेसिनमार्फत कारोबार गर्दा अधिकतम दुई सयसम्म नगद फिर्ता पाउन सक्ने सहायक प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव अनिल रेग्मीले बताए । 

    उनका अनुसार, ‘गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको छ । यो सुविधा लिनका लागि गरिमा विकास बैंकका ग्राहक र उनीहरूलाई प्रदान गरिएको डेबिट–क्रेडिट कार्ड हुनुपर्नेछ ।’

    काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम तथा विभिन्न डिजिटल बैकिङ माध्यमबाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

    Press Release -Cash Back_page-0001.jpg

    प्रकाशित मिति :चैत्र ३० २०८० शुक्रवार - १६:१९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij