२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सबाट तीन महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी–२०२५ बन्न सफल भएका छन् ।
कम्पनीको विभिन्न शाखामा आवद्धरही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र विमल न्यौपाने ३ महिनाभित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छनोट हुन सफल भएका हुन् ।
एमडिआरटी–२०२५ को लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
एमडिआरटी–२०२५ को लक्ष्य पूरा गर्ने अभिकर्ताहरुले आगामी ९ महिनाभित्र सिओटी ९कोर्ट अफ द टेवल० र टिओटी ९टप अफ द टेवल०को लक्ष्य समेत पूरा गर्ने गरी बीमा व्यवसायलाई अगाडी बढाउने धारणा व्यक्त गरेका थिए ।
एमडिआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सिओटी र ६ गुणा प्रिमियममा टिओटी छनोट हुने प्रावधान रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij