Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

आन्तरिक कलह

नाउपा संसदीय दलका नेता चौधरी तीन महिनाका लागि निलम्बित

नाउपा संसदीय दलका नेता चौधरी तीन महिनाका लागि निलम्बित


  • 3.0K
    Shares

    नाउपा संसदीय दलका नेता चौधरी तीन महिनाका लागि निलम्बित

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् । 

    पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बनमा राखिएको पार्टीले जनाएको छ ।

    नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाइ स्पष्टीकरण सोधेकी थिइन् । सो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष श्रेष्ठले उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् । 

    चौधरीलाई निलम्बन गरिएको जानकारी अध्यक्ष श्रेष्ठले सभामुख भीम भण्डारीलाई पत्र पठाइसकिएको छ ।

    अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् । 

    प्रकाशित मिति :चैत्र ३० २०८० शुक्रवार - १३:०१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij