२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । बैठक आसन्न बैशाख २ गते दिउँसो बस्ने गरी आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिवालय बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका सन्दर्भमा छलफल हुनेछ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ देखि १० गतेसम्म बस्दैछ ।
गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने परिषद् बैठकमा महाधिवेशनमा सहभागी २ हजार १५३ जनाको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुनेछन् ।
एमालेको विधानअनुसार दुई राष्ट्रिय महाधिवेशनका बीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij