Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री महरा

विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री महरा


  • 3.1K
    Shares

    विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री महरा

    काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे प्रदेश सभामा उनले विश्वासको मत लिन लागेका हुन् ।

    पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थनमा बहुमत पुर्‍याएका माओवादी केन्द्र संसदीय दलका नेता महरालाई विश्वासको मत दिन साना दलले विभिन्न शर्त राखेका छन् ।

    केन्द्रमा सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी, जसपाले मात्र नभई प्रदेशमा सहकार्य गरेको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मन्त्री नपाउने भए विश्वासको मत दिन नसकिने शर्त राखेका छन् ।

    चार सांसद रहेको नाउपा, ३ सांसद रहेको जसपा, १ सांसद रहेको एकीकृत समाजवादी र स्वतन्त्रका सांसदको मत नपाए माओवादी र एमालेका सांसदले मात्र बहुमत पुग्दैन ।

    ८७ सदस्यीय प्रदेश सभामा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए ।

    प्रकाशित मिति :चैत्र ३० २०८० शुक्रवार - १०:४३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij