Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

सुदूरपश्चिम प्रदेशमा नाउपाले नेतृत्व लिने निश्चित, को बन्ला मुख्यमन्त्री ? (नामावलीसहित)

सुदूरपश्चिम प्रदेशमा नाउपाले नेतृत्व लिने निश्चित, को बन्ला मुख्यमन्त्री ? (नामावलीसहित)


  • 3.0K
    Shares

    सुदूरपश्चिम प्रदेशमा नाउपाले नेतृत्व लिने निश्चित, को बन्ला मुख्यमन्त्री ? (नामावलीसहित)

    धनगढी ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ ।

    केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो ।

    नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ । सुदूरपश्चिममा हाल नाउपाका ६ सांसद रहेका छन् ।

    यस अघि ७ सांसद रहेकोमा अध्यक्ष  रञ्जिताले आफ्नो निर्देशन नमानेको भन्दै इन्दिरा गिरीलाई फिर्ता बोलाएकी थिइन् र प्रदेश सभाले उनी पदमुक्त भएको सूचना समेत सार्बजनिक गरिसकेको छ ।

    ६ सांसद मध्ये अध्यक्षको पक्षमा २ सांसद मात्र रहेका छन् । केन्द्रमा भएको सहमति अनुसार मुख्यमन्त्री बाहेक नाउपाले एक मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

    अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीचको विवादले नाउपामा अहिले अन्योलता रहेको छ ।

    अध्यक्ष रञ्जिताले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गरेर कैलाश चौधरीलाई नेता बनाएकी थिइन् । चौधरी नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको आकलन गरिएको छ ।

    यो विषय पनि विवादमा रहेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५१ सांसद रहेका छन् ।

    बहुमतको लागि २६ मत चाहिनेमा हालको सत्ता समिकरणसँग माओवादीका ११, एमालेका १०, नाउपाका ६, एकीकृत समाजवादीका ४ गरि ३१ सांसद रहेका छन् ।

    त्यस्तै प्रदेशमा कांग्रेसका १८ राप्रपा १ र एक जना स्वतन्त्र सांसद रहेका छन् । 

    प्रकाशित मिति :चैत्र २९ २०८० बिहिवार - १४:२५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij