Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राष्ट्रिय सभा

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे विजयी

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे विजयी


  • 2.8K
    Shares

    राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे विजयी

    काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी विमला घिमिरे विजयी बनेकी छन् ।

    बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन ।

    उनलाई उपाध्याक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १६ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।

    यस अघि कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

    मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।

    प्रकाशित मिति :चैत्र २८ २०८० बुधवार - १३:५९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij