Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

गण्डकी प्रदेश

मुख्यमन्त्री अधिकारीको नियुक्ति बदरको रिटमा सुनुवाइ हुँदै, न्यायाधीश शर्माको इजलासमा पेसी

मुख्यमन्त्री अधिकारीको नियुक्ति बदरको रिटमा सुनुवाइ हुँदै, न्यायाधीश शर्माको इजलासमा पेसी


  • 2.7K
    Shares

    मुख्यमन्त्री अधिकारीको नियुक्ति बदरको रिटमा सुनुवाइ हुँदै, न्यायाधीश शर्माको इजलासमा पेसी

    काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै परेको रिटको सुनुवाई आज हुँदैछ ।

    गण्डकी कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।

    अधिकारी सोमबार मात्र मुख्यमन्त्री बनेका हुन् । उनले मुख्यमन्त्री बन्नका लागि सभामुखसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको छ । 

    यस अघि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको मत गणना गर्न नपाइने सर्वोच्चको नजिरविपरित गण्डकीमा सरकार गठन भएपछि कांग्रेस अदालत गएको हो ।

    सभामुख समेत रहेका कृष्ण धितालसमेतलाई गणना गरेर नयाँ सरकारको दाबी गरेका नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    प्रकाशित मिति :चैत्र २८ २०८० बुधवार - १०:१६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij