काठमाडौं । उपनिवाृचन आचारसंहिता आज (बुधबार)बाट लागू हुने भएको छ । इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
निर्वाृचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर देहायमा उल्लेख भएका व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई संवत् २०८० साल चैत्र २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आयोगले आचारसंहिता पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने चुनाव खर्चको सम्बन्धमा आचारसंहिता विपरीत भएमा तत्काल कारबाही गर्ने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले वैशाख २ गतेदेखि मतगणना कार्य सम्पन्न नभएसम्म उपचुनाव हुने जिल्लाभित्र जाँड–रक्सी वितरण तथा प्रयोगलाई नियन्त्रण गर्नेरगराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ । आयोगले उपचुनाव हुने क्षेत्रमा वैशाख १३ र १४ गते विद्यालय बन्द गर्न सरकारलाई आग्रह समेत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्था लागू गर्ने निर्णय भएको शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रतिनिधिसभा अन्तर्गत इलाम–२ र प्रदेशसभा अन्तर्गत बझाङ–१ को ‘क’ मा आसन्न बैशाख शाख १५ गते उपनिर्वाचन हुँदैछ ।