Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

संसद् बैठक

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा घिमिरे–पुडासैनी भिड्दै

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा घिमिरे–पुडासैनी भिड्दै


  • 2.7K
    Shares

    संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभा उपाध्यक्षको  निर्वाचनमा घिमिरे–पुडासैनी भिड्दै

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूची छ । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८०’ पेस गर्ने तथा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

    त्यस्तै मंगलबारको प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको थियो । संसद् बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुखले १५ मिनेटपछि बस्ने गरी बैठक स्थगन गरेका थिए । तर, दलहरूबीच सहमति नहुँदा बुधबार बस्ने गरी बैठक स्थगन गरिएको थियो । 

    सहकारीको रकम ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । त्यसैगरी राष्ट्रिय सभाको बैठक पनि आजै बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । 

    बैठकमा राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले सदस्य विष्णुदेवी पुडासैनीलाई र भगवती न्यौपानेले विमला घिमिरेलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ । 

    अध्यक्ष नारायणप्रसाद दाहालले दुवै प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र २८ २०८० बुधवार - ०९:४१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij