Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

गण्डकी सरकारविरुद्ध कांग्रेस सर्वोच्चमा

गण्डकी सरकारविरुद्ध कांग्रेस सर्वोच्चमा


  • 2.5K
    Shares

    गण्डकी सरकारविरुद्ध कांग्रेस सर्वोच्चमा

    काठमाडौं । गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्रीको नियुक्त बदरको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    सर्वोच्चले सो रिटको बुधबारका लागि पेसी तोकको छ । अधिकारी सोमबार मात्र मुख्यमन्त्री बनेका हुन । उनले मुख्यमन्त्री बन्नका लागि सभामुखसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको छ ।

    यस अघि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको मत गणना गर्न नपाइने सर्वोच्चको नजिर विपरित गण्डकीमा सरकार गठन भएपछि कांग्रेस अदालत गएको हो ।

    सभामुख समेत रहेका कृष्ण धितालसमेतलाई गणना गरेर नयाँ सरकारको दाबी गरेका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    प्रकाशित मिति :चैत्र २७ २०८० मंगलवार - १७:२५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij