Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

नयाँ वर्षमा आकर्षक छुट, एक्सचेन्ज र सहज इन्स्टा फाइनान्सको साथमा सामसङ

नयाँ वर्षमा आकर्षक छुट, एक्सचेन्ज र सहज इन्स्टा फाइनान्सको साथमा सामसङ


  • 3.1K
    Shares

    नयाँ वर्षमा आकर्षक छुट, एक्सचेन्ज र सहज इन्स्टा फाइनान्सको साथमा सामसङ
    images

    काठमाडौं । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा खुसी फैलाउने लक्ष्यका साथ सामसङले “स्वागत नयाँ वर्षलाई, बाढौं खुसी साधैलाई” अफर ल्याएको छ । जसमा ग्राहकहरूले, आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशत सम्मको र फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशत  सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

    ग्राहकहरूले ० प्रतिशत  ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वाशिङ मेसिनको  खरिद गर्न सक्नेछन् । यो विशेष छुट अफर ज्येष्ठ २, २०८१ सम्म लागु हुनेछ ।

    १८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको सामसङले यो नयाँ वर्षको अफरमा ग्राहकहरूलाई टिभीको नयाँ रेन्ज मध्ये कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम र क्युएलईडी लगायतका टिभी खरिद गर्दा ३८% सम्मको छुट दिएको छ ।

    मात्र आफ्नो नागरिकता पेस गरी ग्राहकहरुले ५५” वा त्यो भन्दा ठुलो टिभी खरिद गर्दा इनस्टान्ट लोन पाउन सक्नु हुनेछन् र इनस्टा फाइनान्स सेवा मार्फत ईएमआइ १८ महिनाको अवधिमा तिर्ने विकल्प पाउने छन् भने ४३”वा सो भन्दा सानो टिभी खरिद गर्दा ईएमआइ तिर्न १२ महिनाको अवधि पाउनेछन् ।

    ग्राहकहरूले आफ्ना नयाँ खरिदहरूबारे पनि पूर्ण रुपमा ढुक्क हुन सक्छन्, किनभने सामसङले आफ्नो टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको छ ।

    यसको साथै कुनै पनि सामसङ टिभीको खरिद सँगै ग्राहकहरूले साउण्डबार खरिद गर्दा सो साउण्डबारमा आकर्षक छुट पाउन सक्नेछन् । अझ छानिएका सामसङको ७५” भन्दा ठुलो क्रिस्टल् युएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउनेछन् । भने ए.यु.७७०० मोडलका ५५“ र ६५“ युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८/१२८) मोबाइल फोन मा  रु. ५००० को छुट पाउनु सक्नेछन् । 

    सोही अफरले यस नयाँ वर्षको अवसरमा फ्रिज र वाशिङ मेसिनको खरिदमा ३०% सम्मको छुट प्रदान गरेको छ  । आफ्नो घरमा नयाँ वाशिङ मेसिन वा फ्रिज अपग्रेड गर्ने वा घर ल्याउने योजनामा रहेका ग्राहकहरूका लागि सामसङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वाशिङ मेसिनका अद्भुत रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भुत रेन्जका फ्रिजहरुमा क्यासब्याक पाउने र एक्सचेन्जको सुबिधा उपलब्ध गराएको छ । सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटि कम्प्रेसर र वासिङ मेसिनमा रहेको डीआइटि मोटरमा २० वर्षको वारेन्टी पनि प्रदान गर्दछ ।

    सामसङको कुनै पनि विशेष टिभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकहरुले उत्कृष्ट मूल्याङ्कन प्राप्त गर्न सक्ने छन् । ग्राहकहरूले यो अफर एक्सचेन्ज पार्टनर अर्कोस्टोर डट कम मार्फत अनलाइनमा लिन सक्ने छन् ।

    यसका साथै ग्राहकहरूले अर्कोस्टोर डट कम मार्फत ५५“ र ६५“ ए.यु.७७०० क्रिस्टल् टिभी अनलाइन एक्सचेन्ज गर्दा रु. ५५०० सम्मको टप–अप प्राप्त गर्ने विशेष योजना पनि यो नयाँ वर्षमा प्रदान गरिएको छ । 

    हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपाल अधिराज्य भरि यो अफर ज्येष्ठ २, २०८१ सम्म लागु हुनेछ ।

    सामसङ इलेक्ट्रोनिक्स कोलीको बारेमा

    सामसङले संसारलाई प्रेरित गर्छ र परिवर्तनकारी विचार र प्रविधिहरूद्वारा भविष्यलाई आकार दिन्छ । कम्पनीले टिभी, स्मार्टफोन, पहिरन योग्य उपकरण, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, प्रणाली एलयसआई, फाउन्ड्री र एलईडी समाधानहरूको संसारलाई पुनः परिभाषित गर्दैछ । 

     

    प्रकाशित मिति :चैत्र २५ २०८० आइतवार - १६:४०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij