Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

फोर्ब्सको रिपोर्ट

डलर अर्बपतिको सूचीमा १४१ जना थपिए, नेपालका विनोद चौधरी कति स्थानमा छन् ? 

डलर अर्बपतिको सूचीमा १४१ जना थपिए, नेपालका विनोद चौधरी कति स्थानमा छन् ? 


  • 3.4K
    Shares

    डलर अर्बपतिको सूचीमा १४१ जना थपिए, नेपालका विनोद चौधरी कति स्थानमा छन् ? 
    images

    काठमाडौं । फोर्ब्स म्यागजिनले डलर अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । फोब्र्सले यो वर्षको मार्चदेखि स्टक मूल्य र विनिमय दरहरूको आधारमा विश्वका डलर अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको हो ।

    यो वर्ष डलर अर्बपतिहरूको संख्या १४१ जना बढेको छ । अघिल्लो वर्ष २ हजार ६४० जना डलर अर्बपति रहेकामा यसपालि बढेर २ हजार ७८१ जना पुगेका छन् । 

    लुई भिटन तथा सेफोरा लगायतका ७५ वटा फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्नार्ड अर्नाल्ड यसपालि पनि धनाढ्यहरूको सूचीको पहिलो नम्बरमै छन् । फ्रेन्च अर्बपति बर्नार्डको २२३ बिलियन डलर रहेकको फोब्र्सले उल्लेख गरेको छ ।  

    टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्क सूचीको दोस्रो नम्बरमा छन्। उनको सम्पत्ती १९५ बिलियन अमेरिकी डलर रहेको फोब्र्सले उल्लेख गरेको छ । 

    तेस्रोमा जेफ बेजोस र चौथोमा मार्क जुकरबर्ग छन् । भारतका मुकेश अम्बानी नवौं नम्बरमा छन्। उनको सम्पत्ति ११६ बिलियन रहेको फोब्र्सले उल्लेख गरेको छ । 

    नेपालको एकमात्रै डलर अर्बपति विनोद चौधरी सूचीको १ हजार ७६४ औं नम्बरमा छन्। उनको सम्पत्ति १।८ बिलियन डलर रहेको उल्लेख छ । यसपालि डलर अर्बपतिहरूको सम्पत्ति समग्रमा १४।२ ट्रिलियन डलर पुगेको छ । यो भनेको अघिल्लो वर्षको भन्दा २ ट्रिलियन डलर बढी हो । 

    डलर अर्बपतिहरुको कुल संख्यामध्ये ८१३ जना अमेरिकी छन् । चीनका ४७३ र भारतका २ सय जना छन् ।फोर्ब्सको वेबसाइटबाट

    प्रकाशित मिति :चैत्र २१ २०८० बुधवार - ०९:२५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij