Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रतिनिधि सभा बैठक

शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन बार्गेनिङ गर्नुहुँदैन : सांसद देवेन्द्र पौडेल 

शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन बार्गेनिङ गर्नुहुँदैन : सांसद देवेन्द्र पौडेल 


  • 2.7K
    Shares

    शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन बार्गेनिङ गर्नुहुँदैन : सांसद देवेन्द्र पौडेल 

    काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाउन आग्रह गरेका छन् । 

    आइतबार संसद् बैठकमा विशेष समयमा सांसद पौडेलले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयलाई बार्गेनिङको विषय नबनाउन दलहरुलाई आग्रह गरेका हुन् । 

    उनले संसदभित्रका दलहरु सत्तापक्ष र प्रतिपक्षमा पालोफेरो हुने गरेका भन्दै संविधानले निर्दिष्ट गरेका कानुनहरु बनाउने कुरामा सबै एकै ठाउँमा हुनुपर्ने बताए । 

    उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगसँग सम्बन्धित विधेयकलाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने बताए । त्यस्तै शिक्षा ऐन, निजामती कर्मचारी ऐन, वन, प्रहरी र भूमिसँग सम्बन्धित ऐनलाई पनि छिटोभन्दा छिटो ल्याउनुपर्ने बताए ।

    उनले भने ‘टिआरसीसँग सम्बन्धित कानुन बनिसकेको छैन। हामी दलका प्रतिनिधिहरु यही सदनभित्र बस्दा कहिले कुन त कहिले कुन खण्डमा गएर बस्छौँ । तर, संविधानले निर्दिष्ट गरेका कतिपय कानुनहरु बनाउने प्रशंगमा हामी सबै एक ठाउँमा हुन आवश्यक छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी छानविन आयोग पनि यत्तिकै अल्झिएर बसेको छ । हामी यसलाई छिटै टुंगो लगाउनुपर्ने छ । यसको निम्ति कसैले पनि बार्गेनिङको विषय नबनाऔँ ।’

    प्रकाशित मिति :चैत्र १८ २०८० आइतवार - १३:३२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij