Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

अर्थतन्त्र

छुनै नसकिने सुनको भाउ आज घट्यो कि बढ्यो ? कि स्थिर रह्यो ? 

छुनै नसकिने सुनको भाउ आज घट्यो कि बढ्यो ? कि स्थिर रह्यो ? 


  • 3.8K
    Shares

    छुनै नसकिने  सुनको भाउ आज घट्यो कि बढ्यो ? कि स्थिर रह्यो ? 
    images

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ ।

    यसअघि बिहीबार र शुक्रबार सुनको भाउले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ । 

    यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९०० रूपैयाँ र शुक्रबार प्रतितोला १ लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । 

    शुक्रबार प्रतितोला १५ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । 
      

    प्रकाशित मिति :चैत्र १८ २०८० आइतवार - १२:४७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij