Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सहकारी प्रकरण

प्रतिनिधि सभा बैठकमा गृहमन्त्रीको छानबिनका लागि संसदीय समिति गठनको माग

प्रतिनिधि सभा बैठकमा गृहमन्त्रीको छानबिनका लागि संसदीय समिति गठनको माग


  • 2.5K
    Shares

    प्रतिनिधि सभा बैठकमा गृहमन्त्रीको छानबिनका लागि संसदीय समिति गठनको माग

    काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ । 

    नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गरे ।

    ‘नौतिकताको पनि प्रश्न हो । यस विषयमा सरकार गम्भीर हुन जरुरी छ । यो विषयमा प्रधानमन्त्रीले दिनुभएको जवाफ, प्रहरी प्रमुखले दिनुभएको जवाफले यो विषयमा न्याय निरुपण कसरी हुन्छ भन्ने संशय पैदा भएको छ,’ उनले भने, ‘यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनोस्’ उनले संसद् आवश्य भएको विषय प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुझेको भन्दै जनजीविकासँग जोडिएका अनेकौँ विषय सम्बोधन गर्नुपर्ने आवश्यक रहेको बताए । 

    ‘यस बेलामा संसद्को गरिमा कति हुन्छ भन्ने हामीले बुझेका छौँ । तर सरकारले पनि आफ्नो जिम्मेवारी बुझोस्, उनले भने । संसदीय छानबिन समिति गठन नभएसम्म प्रमुख प्रतिपक्ष दलले यो विषय उठाइरहने उनले बताए । 

    तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस विषयमा छानबिन भइरहेको भनेर संसदमै जवाफ दिनुभएकोमा अहिले त्यो विषय रोकिएको सांसद गौतमले बताए । गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गरिनु स्वार्थको टकराव (कन्फ्क्टि अफ इन्ट्रेस्ट) रहेको पनि उनको भनाइ छ । 

     

    प्रकाशित मिति :चैत्र १८ २०८० आइतवार - ११:१३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij