Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

संवैधानिक परिषद बैठक

संवैधानिक परिषदमा रिक्त पदपूर्तिका लागि प्रधानमन्त्रीसहित दलका शीर्ष नेता बालुवाटारमा 

संवैधानिक परिषदमा रिक्त पदपूर्तिका लागि प्रधानमन्त्रीसहित दलका शीर्ष नेता बालुवाटारमा 


  • 2.6K
    Shares

    संवैधानिक परिषदमा रिक्त पदपूर्तिका लागि प्रधानमन्त्रीसहित दलका शीर्ष नेता बालुवाटारमा 

    काठमाडौं । लामो समयदेखि रिक्त पदपूर्तिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रतिपक्षी दलका शीर्ष नेताहरू परामर्शमा जुटेका छन् । आज (आइतबार) ९ बजेदेखि सुरु भएको उक्त बैठकमा प्रधानमन्त्री प्रचण्ड, सत्ता साझेदार दल नेकपा (एमाले) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका शीर्ष नेताहरू आपसी परामर्शमा जुटेका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने जनाइएको छ । 

    परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार एमाले र प्रमुख विपक्षी दल कांग्रेसका शीर्ष नेतासँगको परामर्शपछि बैठक बोलाएका हुन् । 

    प्रधानमन्त्री प्रचण्डले हिजो (शनिबार) बेलुकी एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका थिए । 

    प्रधानमन्त्री अध्यक्ष रहने उक्त परिषद्का सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका प्रमुख विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन् । एमालेसहितको  सत्ता समीकरण बनेपछि पहिलो पटक संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । 

    बैठकमा महालेखापरीक्षकसहित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र निर्वाचन आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तीका विषयमा छलफल हुने बताइएको छ । 
     

    प्रकाशित मिति :चैत्र १८ २०८० आइतवार - ०९:३७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij