२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । छविरमण सिलवालको सातौँ कृति तथा पाँचौँ कवितासङ्ग्रह राजधानीस्थित शिल्पी थिएटरमा यही चैत १६ गते सार्वजनिक गरिएको छ ।
पृथक् शैलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समालोचक डा.लक्ष्मण गौतमले सिलवालको सरलताको मुक्तकण्ठले प्रशंसा गरे ।
उनले सिलवालका कविता अत्यन्त सरल, बोधगम्य र मस्तिष्कले अध्ययन गर्नु पर्ने गहन कविता भएको जिकिर गरे । साढे तीन दशकको परिचयको यात्रामा उनी एक शालीन र सरिफ व्यक्तित्व भएको बताए ।
कार्यक्रममा नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक सङ्घका उपाध्यक्ष केशव पराजुलीले पुस्तक आयातमा भन्सार कर लगाउने सरकारी रवैयाको जमेर प्रतिवाद गरे ।
अनेक पटक आन्दोलन र प्रतिवाद गर्दा आयात करमा पुनरावलोकन गरे पनि निर्यात गर्ने विषयमा भने मौनता साँधेको उनको कथन थियो ।
कार्यक्रमका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन'ले लोकार्पणको विशेष अवसरमा स्रष्टाको आलोचना गर्ने वा सीमाबारे छलफल गरी स्रष्टालाई निरूत्साहित गर्ने काम अशोभनीय र असान्दर्भिक हुने उनको कथन थियो ।
नेपाल स्रष्टा समाजले आयोजना गरेको सो कार्यक्रमको सहजीकरण स्रष्टा छविरमण स्वयम्ले गरेका थिए भने कविहरू मणि लोहनी, आरएम डङ्गोल, ठाकुर बेलबासे, प्रोल्लास सिन्धुलीय लगायतले सिलवालका एक/एक कविता वाचन गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij