२०८२ माघ १२ गते सोमवार
काठमाडौं । आसन्न बैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बूलाई नेकपा (माओवादी केन्द्र)निकट प्रेस सेन्टर नेपालले बर्खास्त गरेको छ ।
माओवादी केन्द्रमा आवद्ध लिम्बुलाई रास्वपाले इलाम–२ बात उम्मेदार बनाउने निर्णय गरिसकेको छ । लिम्बुलाई रास्वपाले उम्मेदवार बनाएसँगै प्रेस सेन्टरले विज्ञप्ति निकालेर बर्खास्त गरिएको जानकारी दिएको छ ।
लिम्बु माओवादीको उपत्यका विशेष प्रदेश समिति सदस्य र प्रेस सेन्टरका सचिवसमेत थिए ।
उनले माओवादीबाट राजीनामा नदिई उपचुनाव लड्न रास्वपामा लागेपछि बर्खास्त गरिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेले बताएका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij