२०८२ माघ १२ गते सोमवार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी फेरि तत्काल सरकारमा आउने दाबी गरेका छन् ।
संवाद यात्राको क्रममा कपिलवस्तु पुगेका गगनले कांग्रेस फेरि सरकारमा आउने दाबी गरेका हुन् ।
उनले भने, ‘भर्खर त गएको हो । एकडेढ हप्ता भयो,’ उनी भन्छन्, ‘फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ ।’
गगनले ‘नेकपा (एमाले)सँग आन्दोलन गर्ने क्षमता छ । मधेसी पार्टीहरूसँग नागरिकलाई उद्वेलित बनाउने क्षमता छ । नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता होला,’ उनले भने, ‘तर, मुलुकलाई निराशाबाट बाहिर निकाल्ने क्षमता र चरित्र भएको पार्टी कांग्रेस नै हो ।’
तथापि गगनको अभिव्यक्तिलाई सत्तारूढ दलहरूले नेकपा (माओवादी केन्द्र)लाई तर्साउन खोजेको आरोप लगाएका छन् । गठबन्धनका एक नेताले भने, ‘उनले जे मन लाग्यो त्यो बोल्दैमा सत्ता गठबन्धन फेरबदल हुने वा कांग्रेस सत्तामा आउने सम्भावना छैन ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij