Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

बागमतीका मुख्यमन्त्री जम्कट्टेल कति सुरक्षित ? विश्वासको मत पाउँलान् ? यस्तो छ संसदीय अंकगणित 

बागमतीका मुख्यमन्त्री जम्कट्टेल कति सुरक्षित ? विश्वासको मत पाउँलान् ? यस्तो छ संसदीय अंकगणित 


  • 3.3K
    Shares

    बागमतीका मुख्यमन्त्री जम्कट्टेल कति सुरक्षित ? विश्वासको मत पाउँलान् ? यस्तो छ संसदीय अंकगणित 

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएका छन् । उनले यहीँ चैत १९ गते विश्वासको मत लिने भएका हुन् । 

    आज (शुक्रबार) मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । नेपाली कांग्रेस गत फागुन २३ मा सरकारबाट बाहिरिनुका साथै समर्थन पनि फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

    सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोहीअनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत २२ भित्र विश्वासको मत लिनुपर्नेछ ।

    ११० सदस्यीय प्रदेशसभामा उनले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बिहीबार नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाएका छन् । 

    बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

    प्रकाशित मिति :चैत्र १६ २०८० शुक्रवार - १३:१४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij