२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । कामना सेवा विकास बैंकले मिथिला धनुषास्थित गौतम होटलसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलको लजिङ र बिलमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij