Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

भक्तजनको भिड लाग्ने दक्षिणकाली मन्दिरको उत्पत्ति र महिमा

भक्तजनको भिड लाग्ने दक्षिणकाली मन्दिरको उत्पत्ति र महिमा


  • 7.7K
    Shares

    भक्तजनको भिड लाग्ने दक्षिणकाली मन्दिरको उत्पत्ति र महिमा
    images

    काठमाडौं। काठमाडौंबाट दक्षिण करिब १७ किमिको दुरीमा रहेको दक्षिणकाली मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरेका हुन्।

    चारैतिर हरियाली शान्त वातावरणले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्। यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन्।

    राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे भन्ने कथन छ। यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्। यहाँ दसैंको बेला विशेष मेला लाग्छ। दसैंको नवरात्रीमा यहाँ कैयौँ भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ।

    किंम्वदन्ती अनुसार दक्षप्रजापतिको तेत्तिसकोटी कन्या मध्य दक्षिणकाली एक हुन् भनिन्छ । उनी गोरखनाथ माथिको डाँडामा जङ्गलको मध्य भागको शिलामा बसेकी थिइन् । १८२५ मा प्रताप मल्ललाई राति सपनामा दक्षिणकालीले आफू दक्षिणकाली भएको र फर्पिङदेखि माथि नगरचो डाँडाको शिलामा बसेको बताईन् ।

    राजाले त्यति ख्याल नदिएपछि दरवारकै एउटी कन्यालाई दक्षिणकाली प्रकट भई आफू बसेको स्थान र पुजाआजाको बारेमा बताएकी थिइन् । त्यसपछि राजा प्रताप मल्लले तान्त्रिक गुरु लम्बकर्ण भट्टको सहयोगमा प्राचिन दक्षिणकालीको शिला भएको स्थानमा आई विधि पूर्वक पूजाआजा गराए ।

    राजाले भूषाकर्ण नामक दुई राक्षस उत्पन्न गराई सपना अनुसारको काम गर्न आदेश दिए । सपना अनुसार दक्षिणकाली र उनको गण सहित एक रातमा बोकी त्यहाँ देखि दक्षिण तर्फको दुई नदिको शिरोभागमा दक्षिणकाली माताको मन्दिर भएको स्थानमा उक्त शिला लगेर राखियो ।

    त्यसै क्रममा कुमारीलाई हालको कुमारी मन्दिर भएको स्थानमा स्थापना गरियो । गणेशलाई भने लैजाने क्रममा विहानको भाले बासेपछि पौचो डाँडामा बिसाएर सोही ठाउँमा सिद्ध गराईएको थियो ।त्यसपछि दक्षिणकालीको मन्दिर जङ्गलको बिचमा डाँडाको टुप्पोमा गुफा भित्र राखिएकाले उक्त स्थलमा मानिसहरु नजाने र गएका मानिसहरु पनि पछिल्लो व्यक्ति नफर्कने भन्ने कुरा बाहिर आयो । त्यसपछि प्रताप मल्लले गुरु लम्वकर्ण भट्टलाई दक्षिणकालीलाई तान्त्रिक बिधिद्धारा निष्तेज गर्न लगाई हालको दक्षिणकाली माताको शिलामूनि घोप्टो पारी माथि पट्टी ठूलो शिलाले छोपी कालीको मुखाकृति बनाई अगाडि भैरव समेत राखी स्थापना गराईयो ।

    त्यसपछि प्रताप मल्लले चामुण्डाको अर्थात दक्षिणकालीको सेतो संहमरमरको मूर्ति बनाउन लगाएका थिए । मूर्तिमा प्राण प्रतिष्ठापछि निकै नै शक्तिशालि हुने तान्त्रिकहरुले बताए थिए ।

    राजा प्रताप मल्लले आफ्नै दरवारको चोकमा रहेको एउटा कोठामा थुनि बाहिरवाट दुईवटा ठूल्ठूला सिंहहरु स्थापना गराए । राजाले पुन कालो पत्थरको मूर्ति बनाउन लगाई पूर्णवति गंगा र उद्धारवति गंगाको दोभानमा स्थापना गराएका थिए । उनले अष्ट मात्रिका सहित पुजाआजा चडाउँदै आए । त्यस पछि बिस्तारै भक्तजनहरु पुजाआजा गर्न जाने क्रम बड्दै गएको भन्ने धार्मिक विश्वास रहेको छ ।

    प्रकाशित मिति :चैत्र १६ २०८० शुक्रवार - ०४:२०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij