Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

व्यक्ति–अभिव्यक्ति

एमालेलाई साइजमा राख्न प्रचण्डले भने- सत्ता गठबन्धनमा उलटफेर हुनसक्छ 

एमालेलाई साइजमा राख्न प्रचण्डले भने- सत्ता गठबन्धनमा उलटफेर हुनसक्छ 


  • 2.4K
    Shares

    एमालेलाई साइजमा राख्न प्रचण्डले भने- सत्ता गठबन्धनमा उलटफेर हुनसक्छ 

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले–माओवादीसहित अन्य दलहरूको सहायतामा बनेको सत्ता गठबन्धनमा उलटफेर हुनसक्ने बताएका छन् । 

    आज (बिहीबार) राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकलाई सम्बोधन गर्नेक्रममा उनले जनतालाई सोचेजस्तो डेलिभरी दिन नसके फेरि पनि उलटफेर हुनसक्ने बताएका हुन् । 

    उनले भने, ‘विकास निर्माणलाई गतिदिने, सुशासन कायम गर्नेलगायतका काम गर्ने भनेर नयाँ सत्ता समीकरण बनाइएको हो । ‘ती काम हुन नसके फेरि पनि उलटफेर हुनसक्छ ।’ 

    प्रधानमन्त्रीले काम गर्न नसके पदमा बस्नु उपयुक्त नहुने कुरा पुनः दोहोर्‍याएका छन् । ‘कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन मैले यसअघि नै सार्वजनिक रूपमै भनेको छु । त्यो अवस्था कायमै रहे पद ओगटी राख्नुको औचित्य पुष्टि हुँदैन,’ उनले भने ।

    यद्यपि प्रधानमन्त्री प्रचण्डको यो अभिव्यक्तिप्रति विश्लेषकहरूले सत्तारूढ प्रमुख दल एमालेको उग्रतालाई साइजमा ल्याउने बताएका छन् । राजनीतिक विश्लेषक श्याम श्रेष्ठ, युवराज संग्रौला लगायतले एमालेलाई साइजमा राख्न उक्त अभिव्यक्ति दिएको बताए । 

    एमाले अध्यक्ष केपी शर्मा ओलीले केहीदिन पहिले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा नयाँ गठबन्धनको साझा समझदारीविरुद्ध अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्तिको जवाफ भएको विश्लेषक श्रेष्ठ र संगौलाको भनाइ छ । 

    प्रकाशित मिति :चैत्र १५ २०८० बिहिवार - १७:०४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij