Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

पहिलो भेट

सत्तायात्रा ब्रेकको दुई हप्तापछि प्रधानमन्त्री र देउवाबीच भेटवार्ता, फेरि कांग्रेस-माओवादी गठबन्धनको संकेत हो ? 

सत्तायात्रा ब्रेकको दुई हप्तापछि प्रधानमन्त्री र देउवाबीच भेटवार्ता, फेरि कांग्रेस-माओवादी गठबन्धनको संकेत हो ? 


  • 2.4K
    Shares

    सत्तायात्रा ब्रेकको दुई हप्तापछि प्रधानमन्त्री र देउवाबीच भेटवार्ता, फेरि कांग्रेस-माओवादी गठबन्धनको संकेत हो ? 

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को सत्तायात्रा ब्रेकको दुई हप्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । 

    आज (बिहीबार) बिहान बालुवाटारमा प्रचण्ड र देउवाबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले खबर सेन्टरलाई बताए । भेटवार्तामा संवैधानिक परिषद्को बैठक, अवरुद्ध संसद् सुचारू र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उनले बताए । 

    यद्यपि प्रधानमन्त्री र देउवाको भेटले एमाले-माओवादीको सत्ता गठबन्धनमा दरार नआउने एमाले सांसद सूर्य थापा बताउँछन् । दलका शीर्ष नेताहरूले प्रधानमन्त्रीलाई भेट्नुमा सत्ता गठबन्धन नै भत्किने भन्ने नभएको उनको तर्क थियो । 

    प्रकाशित मिति :चैत्र १५ २०८० बिहिवार - ११:५०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij