Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

गजल

गजल


  • 4.3K
    Shares

    गजल

    मान्छेसँगै डराएर कहिलेसम्म भाग्छ मान्छे?

    फराकिलो सडक छाडी कति छेउ लाग्छ मान्छे?

     

    आफ्नो खुसी जतनसँग अरु निम्ति साँचीसाँची

    घ्याम्पोभित्र केरासरि कतिन्जेल पाक्छ मान्छे?

     

    आफू मान्छे, अरु मान्छे,मान्छे फरक देखीदेखी

    कतिन्जेल सबैलाई 'बन्धु' भनी डाक्छ मान्छे?

     

    आफ्नै मुटु टुक्रा पारी चिलगिद्धलाई लुछाएर

    दानवीर कर्ण बन्दै कति दया माग्छ मान्छे?

     

    चामल सरी पिठो सरी भाइभाइमा चल्छ भन्दै

    आफैँ हार्ने बाजीमात्र कतिन्जेल थाप्छ मान्छे?

     

    मान्छेलाई उखेलेर त्यही डोबमा पीपल सारी

    छायामुनि मूर्ति पुज्दै कति देउता भाक्छ मान्छे?

     

    शिरदेखि पाउसम्म फोहोरको दुर्गन्धित मूर्ति भई

    कतिन्जेल हिलो छ्याप्दै चोर औँला ताक्छ मान्छे ?



    विष्णुप्रसाद आचार्य "अतृप्त"

    विदुर- ५, नुवाकोट

    हाल: तारकेश्वर- २, काठमाडौँ ।

    मोवाइल नम्बर: ९८४१५४८४२५

    प्रकाशित मिति :चैत्र १२ २०८० सोमवार - १३:१०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij