२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले घटेको छ। सेयर कारोबार साताको तेस्रो दिन नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा कायम भएको छ। पहिलो कारोबार दिन आइतबार १० अंकले बढेको नेप्से परिसूचक सोमबार ३.२७ अंकले बढेको थियो।
सामान्य अंकले घटेको बजारमा तीन कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बुद्ध भूमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र धवलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्टको २५ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी सोनापुर मिनरल्सको १८ करोड,गोर्खाज फाइनान्सको १५ करोड,घोराही सिमेन्टको १० करोड र नेपाल फाइनान्सको ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
यसदिन ३ उपसमूहबाहेक अन्यको सूचक नकारात्मक देखिए। फाइनान्स,लाइफ इन्स्योरेन्स र माइक्रो फाइनान्सको सूचक बढ्दा अन्यको घटेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij