Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

सुपा देउराली मन्दिर नसर्ने, गलत प्रचार भएको दाबी

सुपा देउराली मन्दिर नसर्ने, गलत प्रचार भएको दाबी


  • 3.0K
    Shares

    सुपा देउराली मन्दिर नसर्ने, गलत प्रचार भएको दाबी
    images

    अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर नरपानीमा सार्ने भन्ने कुरा सत्य नभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक संजालमा आएपछि मन्दिर संरक्षण समितिले खण्डन गर्दै पत्रकार सम्मेलन राखेको मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीले बताए ।

    अर्घाखाँचीको प्रमुख पर्यटकीय गतन्तव्य मात्र नभई देशकै चिनारीको गलत प्रचार गर्नले नकारात्मक संदेश गएको भन्दै मन्दिरको पहिँचान र क्षेत्र कसैले मेटाउन नसक्ने समितिका सचिव हरि खनालको भनाइ छ । गलत नियतले गलत स्रोतको प्रयोग गरि समाचार सम्प्रेषणको गरेको बताए ।

    सन्धिखर्क नगरपालिका वडा नम्बर ७ र शितगंगा नगरपालिका वडा नम्बर २ मा रहेको मन्दिरको भेटीबाट मासिक २ लाख १७ हजार भन्दा बढी रकम विद्यालय,स्वास्थ्य चौकी लगातका सामाजिक क्षेत्रमा खर्च गर्दै आएको सन्धिखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसीले बताए ।

    शितगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले बाबु बाजेका पाला बाट नै यस्को महत्व कायम हुँदै आएकाले मन्दिर जहाँ छ । त्यहि नै रहने दाबी गरे ।

    प्रकाशित मिति :चैत्र १ २०८० बिहिवार - ०५:३७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij