Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एसईईका लागि २ हजार ५७ परीक्षा केन्द्र निर्धारण

एसईईका लागि २ हजार ५७ परीक्षा केन्द्र निर्धारण


  • 5.0K
    Shares

    एसईईका लागि २ हजार ५७ परीक्षा केन्द्र निर्धारण

    काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरेको छ । आगामी चैत १५ गते बिहिवार देखि सुरु हुने परीक्षाको केन्द्र निर्धारण गरेको हो ।

    एसईई परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै बोर्डले प्रश्नपत्र छाप्ने काम गरिरहेको र अबको तीन चार दिन भित्र सकिने जनाएको छ ।

    साथै दुर्गम र टाढाका जिल्लाहरूमा प्रश्नपत्र र परीक्षाका लागी आवश्यक सामग्रीहरू पठाई सकिएको र नजिकका जिल्लाका प्रश्नपत्र छपाई भईरहेको निमित्त नियन्त्रक केवलीराम अधिकारीले बताए ।

    त्यसैगरी नयाँ पाठ्यक्रम अनुसार नियमित र पुरानो पाठ्यक्रम अनुसार ग्रेडवृद्धिको परीक्षा सञ्चालन हुने जानकारी दिँदै एउटै समयमा एउटै परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने भएपनि कोठा भने फरक हुने निर्णय भएको अधिकारीले बताए ।

    यो वर्ष करिब ४ लाख ८८ हजार जना विद्यार्थीहरू नियमित तर्फ र ७ हजार ग्रेडवृद्धि तर्फ गरी कुल ४ लाख ९५ हजार विद्यार्थीहरूले एसईई परीक्षा दिदै छन् ।

    प्रकाशित मिति :फाल्गुण ३० २०८० बुधवार - ११:१९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij