२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरूका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन्।
सिंहदरबारमा बुधबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै कर्णले संविधान संशोधन, नागरिकता लगायत जसपाले उठाउँदै आएका मुद्दालाई संवैधानिक र कानुनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको जिकिर गरे । राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला आफूहरुका मागमा ओली सकारात्मक देखिएको कर्णले बताए । उनले सबै दलसँग छलफल चलिरहेकाले कार्यकारीणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने बताए।
नेता कर्णले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न नहुने समेत बताए । उनले अरुको आड लिएर जसपाले सरकार बनाउनुपर्ने अवस्था भएकाले त्यस्तो सरकार पार्टीको हितमा नहुने बताए । जसपा नेतृत्वमा सरकार गठन भए त्यो अरुको हत्केलामा हुने र मनलाग्दा जतिबेला पनि पल्टाइदिन सक्ने उनको भनाइ छ ।
‘जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुनसुकै बेला पल्टाइदिन्छन्,’ उनले भने, ‘त्यसैले सरकारलाई समर्थन गर्नु अलग हो । तर सरकाकै नेतृत्व गर्नु अहिले हुँदैन ।
सरकारमा जाने बारे जसले हाम्रो माग पुरा गर्छ उसैसंग जान सकिन्छ । हामीले पहिलेदेखि माग गरी आएको मधेश आन्दोलन लगाएत अन्य आन्दोलनका बन्दी रिहाई, मुद्दा फिर्ता र संविधान संशोधन लगाएतका कुराहरु उठाई रहेका छौं । ती मागहरु पुरा भए मात्रै सरकारमा जाने वा सर्मथन गर्ने हो । अन्यथा अहिले कै अवस्थामा कसैसँग हाम्रो सहमति हुनै सक्दैन् । एमाले,कांग्रेस वा माओवादी भनेर हुँदैन, संविधान संसोधनको प्रस्ताव जसले स्वीकार्छ उसैलाई सर्मथन गर्न सकिन्छ ।
हामी (एमाले र जसपा) बीच वार्ता जारी छ । हाम्रो पार्टीको बैठकले आधिकारिक धारणा तय गरी सकेको छैन् । सरकारमा जाने वा नजाने, को सँग जाने भन्ने बारे पार्टीको आधिकारीक धारणा तय गर्न बैठक बस्ने तयारी भएको छ । बैठकपछि मात्रै आधिकारिक धारण आउँछ ।
जसपालाई कसैले के गर्ने के नगर्ने ? भन्ने बारे सिकाउनु पर्दैन, कांग्रेस र माओवादीको कुरा भन्दा पनि आफ्नो माग पुरा गर्न बहस र छलफल भइरहेकाले कुनै कुरा पनि भन्न सकिन्न । माओवादीले सरकार ढाल्न सक्दैन त्यसैले त सर्मथन फिर्ता लिएको छैन ।
अहिलेसम्म कुनै त्यस्तो लक्षण देखिएको छैन्, त्यसैले अहिले नै केसह भन्न सकिदैन् । आउने परिस्थितिको सामना गर्न जसपा तयार छ । माओबादीले पहिला सर्मथन फिर्ता लेओेस् अनि कुन परिस्थिति जन्मिन्छ र जसपाले कसलाई सर्मथन गर्ने भन्ने बारे निर्णय गर्छ ।
हामी हतारिएका छैनौं । तीन वर्ष कुर्न सक्ने जसपालाई सरकारमा जान कुनै पनि हतार छैन् । हाम्रा मागहरु सम्बोधन भए सोच्न सकिन्छ ।
यसको कुनै नीति नियम वा कानुन नभएकाले कुनै कुरा भन्न सकिन्न् । तर सत्ता साझेदार दलहरु नै बसेर छलफल गर्नुपपर्यो र सोचनुपर्यो कि अन्य दलहरु समेत संसदमा सहभागी छन् भनेर । संसद सुचारु गर्न ढिलाई गरिनु हुन्न यसका लागि दलहरुबीच सहकार्य गरी के कसरी अगाडी बढाउने भन्ने बारे यथासिग्र निष्कर्षमा पुग्नु पर्दछ । कुनै पनि पार्टीको विवादले जनताको सार्वभौम संस्था संसद अनिर्णयको बन्दी हुनु हुँदैन ।
म संवैधानिक समितिको सभापति हुँ । सरकाले यसबारेमा कुनै जानकारी नै दिएन। अहिले सम्म सचिवालयमा फाईल नै आएको छैन् । यो गैरसंवैधानिक तरिकाले नियुक्त गरिएको हो । सरकारले के कसरी गर्यो भन्न आवश्यक छैन् । सम्मानित सर्वाेच्च अदालतमा मुद्दा विचाराधिन भएको बिषयमा कुनै कुरा बोलिरहनु आवश्यक हुँदैन् । यदि नियुक्तिका फाईलहरु आए भने समितीले आफ्नो काम गर्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij