Logo

२०८२ कार्तिक २९ गते शनिवार

२०८२ कार्तिक २९ गते शनिवार

एमाले मेरो पनि पार्टी हो, नेकपा समस्याग्रस्त मान्छेहरुको भीड हो : घनश्याम भुसाल

एमाले मेरो पनि पार्टी हो, नेकपा समस्याग्रस्त मान्छेहरुको भीड हो : घनश्याम भुसाल


  • 582
    Shares

    एमाले मेरो पनि पार्टी हो, नेकपा समस्याग्रस्त मान्छेहरुको भीड हो : घनश्याम भुसाल
    images

    कम्युनिष्ट पार्टीका नेताहरू यतिबेला एकता र विछोडमा छन् । कोही नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध भएका छन् त कोही नेकपा एमालेमा समाहित भएका छन् । कोही भने नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले गरेको निर्णय लतारेर आफ्नै अभियान सञ्चालनमा लागेका छन् । माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा लागेका छन् । पुराना राजनीतिक दल र नेतृत्वसँग एकता गर्ने पक्षमा उनीहरू देखिँदैनन् । यसैमध्येका एक नेता हुन् भुसाल । भुसाल पार्टीले गरेको निर्णय बहिष्कार गर्दै आफ्नै अभियान चलाउन थालेका छन् । उनका अनुसार जेन जी पुस्ताको आन्दोलनका मागहरू पूरा गर्नुको विकल्प छैन । तर, पुरानो राजनीतिक दलको नेतृत्व अझै आलटाल र धोका दिने पक्षमा छ । यसै सन्दर्भमा रहेर नेता भुसालसँग गरिएको कुराकानीको सम्पादित अंशः

    प्रश्नः एमालेले घर फर्क अभियान चलाएको छ, तपाईंहरू पनि घर फर्कने आशंका अझै गरिन्छ, एमाले अध्यक्ष केपी ओलीले त वृद्धहरू नेपाली कम्युनिस्ट पार्टीमा गए, युवाहरू एमालेमा आउँछन् भनिरहनुभएको छ, यसलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ?

    जवाफ : यो नेकपा एमालेका फर्कने वा घर फर्किने भन्ने जुन कुरा छ, अब के का लागि फर्किने भन्नुहुन्छ। कमरेड ओलीले नेकपा एमालेलाई कब्जा गरेर हिजोको त्यत्रो जीवन्त पार्टीलाई आज व्यक्तिगत आफ्नो नियन्त्रणभित्रको एउटा कम्पनी जुन बनाउनुभएको छ, यसले गर्दा यो एउटा कम्पनी मात्रै बनेको छैन, त्यसले कमरेड ओलीको लिडरसिपको कारणले यत्रो विध्वंस आयो। त्यसको जिम्मा उहाँले लिनुपर्छ। यसभन्दा अगाडिदेखि नै उहाँले संसद् विघटन, फेरि अर्को संसद् विघटन, पार्टी विभाजनदेखि लिएर जे गर्दै हुनुहुन्छ र, निरन्तर दक्षिणपन्थी एजेन्डा उठाइराख्नुभएको छ। घोर दक्षिणपन्थी, यो कम्युनिस्ट आन्दोलनको सबैभन्दा दक्षिणपन्थी, व्यक्तिवादी, अहंकारवादी यो खालको उहाँको दिशा छ। नेकपा एमालेको दिशा भनेको त्यो दिशा हो। आज कमरेड ओलीको नेतृत्वमा यस्तो बेलामा पनि र आज पनि फेरि ओलीजीको त्यहाँ रहीकन ओलीको कब्जाको एमालेभित्र कोही पनि मान्छे राजनीतिक रूपले जान्छ भन्ने कुरा आफैँले भन्ने कुरा त भयो। तर सोसाइटीले मान्दैन। यो इन्कार गरी नै सकेको छ। त्यहाँ कुनै विचारले जान्छ भन्ने कुरा सोसाइटीले इन्कार गरिसकेको छ। म फेरि पनि क्याटोगरीकल्ली भन्दै छु- ओलीजी रहुन्जेल त्यो पार्टीमा जो जान्छ, त्यो विचारको कारणले जान्छु, विचार मिलेर जान्छु। राजनीति मिलेर जान्छु, सिद्धान्त मिलेर जान्छु भनेर भन्छ भने उसले या त बुझेकै छैन, या दुनियाँलाई ढाँट्दै छ भन्ने लाग्छ मलाई।

    प्रश्न : एमालेमा अवसर छ भनेर रामकुमारी झाँक्री जानुभयो, अरू पनि जान्छन् भनिन्छ नि?

    जवाफ : मैले कुनै व्यक्तिको बारेमा केही भन्नु छैन। महिला, पुरुष, जाने, नजाने, त्यो सबै कुरा गौण हो। अहिले नेकपा एमालेभित्र ओली हो, ओली मात्रै हो। त्यसो गर्दा त्यहाँ अर्को स्वतन्त्र व्यक्तित्वका रूपमा कसैले विकास गर्छ भन्ने कुरा त्यो सम्भव नै छैन। कसैले विकास गरेको छ त्यहाँ स्वतन्त्र रूपमा? ओलीजीकै पछाडि लागेका मान्छेहरू, ओलीजीकै टिमका मान्छेहरू कसैले म स्वतन्त्र रूपले स्वच्छु भन्छ भनेर प्रस्तुत गर्न सक्छ? भन्न सक्छ? वा उसैले दाबि गर्न सक्छ कि म ओलीजी भन्दा भिन्न रूपले सोच्छु भनेर कसैले भन्न पनि सक्दैन भने त्यहाँभित्र कसैले स्वतन्त्र रूपमा नेता, नेतृत्व गर्छु भन्ने कुरा बेकारको कुरा हो।

    प्रश्न : एमालेभित्रको असन्तुष्ट पक्षहरूसँग तपाईंको छलफल हुन्छ?

    जवाफ : आम रूपमा मैले भन्छु- नेकपा एमाले त्यो मेरो पनि पार्टी हो। त्यसको लिडरसिपलाई छोड्ने हो भने मैले माओवादीलाई पनि मेरै पार्टी भन्ने गरेको छु। अरू पार्टीहरू पनि मेरै पार्टी हो । वैचारिक रूपले, सैद्धान्तिक रूपले भन्ने हो भने के भन्न सकिन्छ भने ती मेरै पार्टी हुन्। तर त्यहाँभित्रको साथीहरूको कुरा गर्दाखेरी ती तमाम हामी आफैँले बनाएको पार्टी भएको हुनाले त्यहाँभित्र उनीहरूसँग कुरा नहुने भन्ने प्रश्नै भएन। सबैसँग कुरा हुन्छ। सबै मुर्छाएकाहरूसँग कुरा हुन्छ। सबै उकुसमुकुस भएकाहरूसँग कुरा हुन्छ। 

    प्रश्न : एमाले विभाजित हुन्छ भनेर पनि कतिपयले चर्चा गर्दछन् नि?

    विभाजित हुनु हुँदैन भन्छु मैलेचाहिँ। सामान्यतया आज त्यहाँको साथीहरू त्यसरी विभाजित हुने कुरा गलत हुनेछ। त्यहाँको गलत कुरालाई उहाँहरूले हटाउनुपर्छ। तर अब के देखिँदै छ भन्दा आउने महाधिवेशनमा या त कमरेड ओलीले सबैलाई लखेटिदिनुहुन्छ। अहिले पनि बाँकी बचेर यो पार्टी बचाउनुपर्‍यो भन्दै छन्। उनीहरूलाई उहाँले निकालिदिनुहुन्छ या त नेकपा एमालेको इतिहासको सम्पूर्ण यसले इतिहासमा बनाएको मूल्य, यसले सिर्जना गरेका केही सिद्धान्त, विचार, नैतिकता केही छन् भने तिनीहरू संगठित हुनेछन्। र, कमरेड ओलीलाई बिदाइ गर्नेछन्। यसले गर्दा नेकपा एमाले फुट्ने, नफुटने कुराको प्रसंग नै होइन। अहिले त त्यो पार्टीमा शुद्धीकरणको, पुनर्गठनको, सुधारको आवश्यक्ता छ भन्ने लाग्छ मलाई।\

    प्रश्नः तपाईको पार्टीले निर्वाचनमा भाग लिन्छ कि लिँदैन ?

    जवाफः हामीसँग अलरेडी पार्टी छँदैछ । आउने चुनावमा हामीले राम्ररी एजेण्डासहित फेस गर्छौँ । हामीले चुनावमा भाग लिने कुरामा हामी प्रष्ट छौँ । हामी विप्लवजीहरुसहित चुनावमा जान्छाँै ।

    प्रश्नः आगामी फागुन २१ गते निर्वाचन हुन्छ कि हुँदैन ?

    जवाफः चुनावका लागि ओलीजी मात्रै वाधक हो । अरु कुनै कुराले चुनाव रोकिँदैन । अहिले देखिएको ओलीजी मात्रै हो । तर मलाई के लाग्छ भने सबैले चुनाव प्रचारप्रसार गरिसकेपछि ओलीजी पनि लतारिनुबाहेक अर्को कुनै विकल्प हुँदैन । भवितव्य तात्कालीक प्राविधिक कारणले स¥यो भने त्यो अर्को कुरा हो । नत्र भने सरकारको तयारीको हिसावले भन्नुहुन्छ, अरु राजनीतिक वातवरणको हिसावले भन्नु हुन्छ भने चुनाव सार्नुपर्ने, नहुनुपर्ने कुनै कारण देख्दिन । ओलीजीले अहिले जुन टयाउटयाउ गर्नुभएको छ । उहाँ सम्भवतः चुनावमा त्यत्तिकै आउनुहुन्न । उहाँलाई मुलुकको राजनीतिले, समाजले, नागरिकहरुले लतार्नेछन् । 

    प्रकाशित मिति :कार्तिक २९ २०८२ शनिवार - १७:४२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij