२०८२ माघ १२ गते सोमवार
सर्वोत्तम सिमेन्टको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ । कम्पनीले बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको हो।
उक्त बाँडफाँटमा गोलाप्रथामार्फत् ५५ हजार ५२१ जनाले सेयर पाएका छन्। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन्।
कम्पनीको आइपिओमा ९ लाख ६० हजार ३०१ जनाले आवेदन दिएकोमा १ हजार ३४२ जनाको आवेदन रद्द भएको छ।
रीतपूर्वक आवेदन दिएका ९ लाख ५८ हजार ९५९ जनालाई गोलाप्रथामा सहभागी गराइएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। कम्पनीले स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
बुक बिल्डिङ प्रक्रियाबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रूपैयाँमा आइपिओ जारी भएको थियो। लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij