Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

७० अंकले घट्यो सेयरबजार, २१३ कम्पनीको मूल्य घट्यो

७० अंकले घट्यो सेयरबजार, २१३ कम्पनीको मूल्य घट्यो


  • 2.4K
    Shares

    ७० अंकले घट्यो सेयरबजार, २१३ कम्पनीको मूल्य घट्यो

    काठमाडौं । सेयरबजार परिसूचक ७०.३१ अंकले घटेको छ। सोमबार लगातारको सर्किटपछि खुलेको दोस्रो घण्टामै कारोबार बन्द भएको सेयरबजारमा भोलिपल्ट भने उच्च गिरावट आएको हो।

    योसँगै नेप्से २००७.६९ विन्दुमा कायम छ। मंगलबार ४ अर्बको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कुल १ करोड १३ लाख कित्ता सेयर बिक्री भएको हो। 

    आज ३३ कम्पनीका लगानीकर्ताले कमाए पनि २१३ कम्पनीका लगानीकर्ताले गुमाए। कमाउनेहरुले ८.७३ प्रतिशतसम्म प्रतिसेयर आम्दानी गर्दा गुमाउनेहरुले १० प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। 

    बोटलर्स नेपाल (बालाजु), जोशी हाइड्रो, बोटलर्स नेपाल (तराई)लगायतको सेयर धेरै घटेको छ। कुल ६९ हजार २ सय ८ पटक भएको कारोबारमा सोनापुर मिनरल्सको सर्वाधिक ४१ करोडको सेयर किनबेच भएको छ। 

    त्यस्तै शिवम् सिमेन्टको २४ करोडको कारोबार भएको छ। 

    प्रकाशित मिति :फाल्गुण २२ २०८० मंगलवार - १५:३४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij