Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

पाशुपत क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ बेच्न निषेध

पाशुपत क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ बेच्न निषेध


  • 2.6K
    Shares

    पाशुपत क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ बेच्न निषेध
    images

    काठमाडौँ । शिवरात्रिको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पाशुपत क्षेत्रभित्र मासु, मदिरा र नशालु पदार्थ बेच्न रोक लगाएको छ ।

    फागुन २५ मा मनाइने महाशिवरात्रि पर्वलाई अनुशासित र मर्यादित बनाउन फागुन २३ बाट २७ गतेसम्म सो क्षेत्रमा नशालु पदार्थ र मासु सेवन, ओसारपसार र भण्डारण गर्न निषेध गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचना अनुसार गौशाला–मित्रपार्क सडक, पशुपति मन्दिरको पूर्व–पश्चिम, तिलगंगा क्षेत्र, मित्रपार्कक्षेत्र र गुहेश्वरीबाट दक्षिण भित्रका सबै भागमा मदिराजन्य पदार्थ र अन्य नशालु पदार्थ बेच्न रोक लगाइएको छ ।

    423541927_1712188879307190_2412448582270952762_n_1S3ON8hLJj.jpg

    प्रकाशित मिति :फाल्गुण २२ २०८० मंगलवार - १०:५८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij