२०८२ माघ १२ गते सोमवार
काठमाडौं। शिवम् सिमेन्ट्स लिमिटेडले यस वर्षको १४ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गरेको छ। कम्पनीले गत पुस २७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
बोनस शेयर वापतको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् फागुन १४ गतेदेखि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको कम्पनीले सूचनामार्फत जानकारी दिएको हो।
यस वर्ष कम्पनीले बोनससँगै कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश समेत दिएको छ। साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गरेको थियो।
बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन्। कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेका छ।
हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका सदस्यहरूको हकमा अभौतिकीकरण पश्चात् स्वतः जम्मा हुने जानकारी समेत शेयर रजिष्ट्रारले गराएको छ।
यस अघिका वर्षहरूमा वितरण गरिएको नगद लाभांश हमालसम्म पनि नबुझेका लगानीकर्तालाई यथासिघ्र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्न समेत कम्पनीले आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij