२०८२ भाद्र ७ गते शनिवार
हिन्दु र बौद्धमार्गीको पवित्र तिर्थस्थल मुक्तिनाथमा बर्षेनी लाखौको सख्यामा भक्तजनहरुको भिड लाग्ने गर्छ । एउटै शैलीमा निर्माण भएको मुक्तिनाथमा हिन्दु र बौद्धमार्गीले आ आफ्नै परम्परा अनुसार पुजा गर्ने गर्छन् । करिब ३ हजार ८ सय मिटर क्षेत्रफलमा रहेको मुक्तिनथ मन्दिर परिसरमा १०८ धारा रहेका छन् ।उक्त धारमा नुहाए पाप पखालिन्छ शुद्ध भइन्छ भन्ने जनविश्वास रहेको छ ।
हिन्दुले मुक्तिनाथमा गएर विशेष रुपमा विष्णुवभगवानलाइए पुज्ने गर्छन् । बैद्धमार्गीहरुले लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पुजा गर्छन् । हिन्दु धर्मअनुसार मुक्ति प्रप्तीको लागि ब्रह्मणले योगरुप यज्ञ गरेको र त्यसबाट सृष्टि गर्ने शक्ति पाएको भन्ने मान्यता रहेको छ । ब्रह्माले यज्ञ गर्दा अग्निरुपमा शिव र जलरुपमा विष्णु होताको रुपमा ब्रह्मा बसेका थिए ।
हिमालय पर्वतमा अवस्थित मुक्तिनाथमा पौराणिम मान्यता अनुसार विष्णुको निवास रहेको बताइन्छ । यीनै कुरालाइृ विश्वास गर्ने हो भने भगवान शिवले जलान्धर नामको असुरसाग युद्ध जित्न सकेनन् । त्यतिबेला शिवलाई विष्णुले मद्दत गरेका थिए । पौराणिक कथाहरुमा भनिएअनुसार जालन्धरकी पत्नी बृन्दाले सतीत्व बचाएर राखेकी थिइन् । तबसम्मा जलान्धरालाई कसैले वृन्दाको सतीत्व नष्ट गर्न सक्दैनथे । यो वेला विष्णुले साथ दिएपछि बृन्दाको सतीत्व नष्ट भएको थियो ।
त्यसकारण बृन्दाले विष्णुलाई शिला, रुख, झारपात र घाँस भएर जीवन व्यतीत गर्नु परोस भनेर श्राप दिएकी थिइन् । बृन्दाकै श्रापको कारण विष्णुले शालिग्राम शिला , पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको थियो । दन्तेकथाको अनुसार मुक्तिनाथ क्षेत्रलाई मोक्ष प्राप्तीको लागि लिइन्छ । जहाँ विष्णु भगवानले शालिग्राम शिलामा निवास गरेका छन् ।
बौद्ध भिक्षु पद्यसम्भव बौद्ध धर्मको प्रचार प्रसारको लागि तीब्बतीह्रुले मुक्तिनाथ क्षेत्रमा गएको थिए ।सन् २०६२ सालमा तत्कालीन द्धन्दबाट नेपालीले मुक्ति पाउन भनेर नेपाली भक्रजनहरु मुक्तिनाथ गएर १०८ शालिग्रामलाई हरिद्धारमा लगेर गंगाको तटमा सवालाख गाईको दूधले नुहाएर सवाकरोड बत्ति बाली पुजा गरेका थिए ।
यसरी गाईको दूधले शालिग्राम नुहाएपछि गंगाजीको पानी पुरै सेतो देखिएको थियो । सवा करोड बत्ति बालेको समयमा राती पनि पुरै गंगाको तट दिनको उज्यालो झै झिलिमिली देखिएको थियो र शहरभरि घ्यूको बत्ति बालेको बास्ना फैदिएको थियो । लामो समय चलेको गृहयुद्धबाट आम नेपाली र सिंगो नेपालले मुक्ति पाएको कुरा पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij