Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बोर्डले थप्यो कक्षा ११ का विद्यार्थीलाई रजिष्ट्रेसन आवेदन बुझाउने समय

बोर्डले थप्यो कक्षा ११ का विद्यार्थीलाई रजिष्ट्रेसन आवेदन बुझाउने समय


  • 2.4K
    Shares

    बोर्डले थप्यो कक्षा ११ का विद्यार्थीलाई रजिष्ट्रेसन आवेदन बुझाउने समय

    काठमाडौँ । कक्षा ११ का विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय २१ फागुनसम्म थप गरिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०/२०८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय थप गरिएको जानकारी दिएको हो ।

    बोर्डले यस अघि १५ माघमित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउन सूचित गरेको थियो । तर, तोकिएको समयभित्र कतिपय विद्यार्थीको रजिष्ट्रेसन आवेदन बुझाउन छुट्न गएकोले समय थप गरेको बोर्डले जनाएको छ ।

    बोर्डले २१ फागुनभित्र फाराम बुझ्ने/बुझाउने गरी म्याद थप गरिएकोले फाराम भएका विद्यालयहरूले बोर्डको सम्बन्धित कार्यालयमा सम्पर्क राखी फारम बुझाउन निर्देशन दिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १३ २०८० आइतवार - १४:२३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij