Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बोर्डले थप्यो कक्षा ११ का विद्यार्थीलाई रजिष्ट्रेसन आवेदन बुझाउने समय

बोर्डले थप्यो कक्षा ११ का विद्यार्थीलाई रजिष्ट्रेसन आवेदन बुझाउने समय


  • 2.1K
    Shares

    बोर्डले थप्यो कक्षा ११ का विद्यार्थीलाई रजिष्ट्रेसन आवेदन बुझाउने समय

    काठमाडौँ । कक्षा ११ का विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय २१ फागुनसम्म थप गरिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०/२०८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय थप गरिएको जानकारी दिएको हो ।

    बोर्डले यस अघि १५ माघमित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउन सूचित गरेको थियो । तर, तोकिएको समयभित्र कतिपय विद्यार्थीको रजिष्ट्रेसन आवेदन बुझाउन छुट्न गएकोले समय थप गरेको बोर्डले जनाएको छ ।

    बोर्डले २१ फागुनभित्र फाराम बुझ्ने/बुझाउने गरी म्याद थप गरिएकोले फाराम भएका विद्यालयहरूले बोर्डको सम्बन्धित कार्यालयमा सम्पर्क राखी फारम बुझाउन निर्देशन दिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १३ २०८० आइतवार - १४:२३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij