२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । मंगलबारको सेयर बजारमा बजार खुलेको आधा घण्टामै चन्द्रागिरि हिल्सको सेयर मूल्य हजार रुपैयाँ नाघेको छ । यसको सेयर मूल्य बढेर प्रतिसेयर एक हजार ६९ रुपैयाँ भएको हो । चन्द्रागिरिको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
यता आजैबाट सेयर कारोबार शुरु गरेको ग्रीन लाइन हाइड्रोपावरको सेयरमा पनि उछाल छ । यसको सेयर मूल्य ९.७० प्रतिशतले बढेर ३ सय २८ रुपैयाँ प्रतिकित्ता पुगेको छ ।
यसको पहिलो कारोबार मंगलबार माथिल्लो रेन्जबाट शुरु भएको हो । माथिल्लो रेन्ज २ सय ९९ रुपैयाँ हो । यसले न्यूनतम ९७.९९ रुपैया देखि २९९.१ रुपैयाँसम्मको कारोबार रेन्ज पाएको थियो ।
यो समाचार तयार पार्दा सम्म सेयर बजारमा ६.२३ अंकको वृद्धि छ । यता घलेम्दी हाइड्रोपावर पनि बढी कारोबार हुनेमा लगातार दोस्रो स्थानमा परिरहेको छ । यसको सेयर मूल्य १ सय ९० रुपैयाँ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij