Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

भारतमा २४ घण्टामा थपिए  ४४ हजार कोरोना संंक्रमित

भारतमा २४ घण्टामा थपिए  ४४ हजार कोरोना संंक्रमित


  • 8.0K
    Shares

    भारतमा २४ घण्टामा थपिए  ४४ हजार कोरोना संंक्रमित

    भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार चार सय ८९ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसैसँग भारतमा संक्रमितको संख्या ९२ लाख ६६ हजार सात सय ६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । जसमध्ये ८६ लाख ७९ हजार एक सय ३८ व्यक्ति संक्रमणमुक्त भएका छन् ।

    भारतमा कोरोना संक्रमणबाट २४ घण्टामा थप पाँच सय २४ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३५ हजार दुई सया २३ पुगेको छ । 

    मन्त्रालयका अनुसार हाल चार लाख ५२ हजार तीन सय ४४ व्यक्ति मात्रै सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार १९ औं दिन हो ।

    भारतमा सबैभन्दा बढी कोरोना प्रभावित राज्य महाराष्ट्रमा अझै पनि ८५ हजार चार सय ८८ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

    त्यसपछि केरलामा ६५ हजार दुई सय ३४ व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने राजधानी दिल्लीमा ३८ हजार दुई सय ८७ जना सक्रिय संक्रमित छन् । 

    प्रकाशित मिति :मंसिर ११ २०७७ बिहिवार - १३:०३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij