Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

माओवादी केन्द्रको तेस्रो दिनको अधिवेशन सुरु

माओवादी केन्द्रको तेस्रो दिनको अधिवेशन सुरु


  • 2.3K
    Shares

    माओवादी केन्द्रको तेस्रो दिनको अधिवेशन सुरु

    काठमाडौँ । माओवादी केन्द्रको तेस्रो दिनको अधिवेशन प्रज्ञा भवन कमलादीमा सुरु भएको छ । समूह ४ बाट टोली नेता कमला नहकीले समूहगत निष्कर्ष निकाल्दै पदाधिकारीसहित सबै तहका प्रत्यक्ष निर्वाचित हुनुपर्ने सुझाव आएको छ ।

    केन्द्रीय समितिमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक  हुनुपर्ने सुझाव पनि आएको एक सहभागीले जनाए ।पदाधिकारी सहित सबै तहमा प्रत्यक्ष निर्वाचिन हुनुपर्ने । ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक हुनुपर्ने ।

    सबै तहमा ३५ प्रतिशत महिला सुनिश्चित हुनुपर्ने । समावेशितालाई ध्यान दिँदै पूर्वसमानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने सुझाव आएको बुझिएको छ । 

    यस्तै पार्टीको नाम यथावत् राख्नुपर्ने मत पनि आएको छ । विशेष परिस्थितिमा पार्टीको नाम फेर्न पनि सकिने मत आएको छ । 

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८० बिहिवार - १२:४०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij