Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

रोकिएको एमाले धादिङको अधिवेशन सुरु

रोकिएको एमाले धादिङको अधिवेशन सुरु


  • 2.7K
    Shares

    रोकिएको एमाले धादिङको अधिवेशन सुरु

    काठमाडौँ । गत माघ २१ गते दुई गुटबीच कुटाकुटको स्थितिपछि स्थगित भएको नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन आज सुरु भएको छ। 

    अधिवेशनको बन्दसत्रको कार्यक्रम मंगलबार दिउँसोबाट सुरु भएको हो। माघ १९ गतेबाट सुरु भएको नवौं अधिवेशनको कार्यक्रम बन्द शत्रको समयमा झडपको स्थिति सिर्जना भएपछि स्थगित भएको थियो।

    स्थगित कार्यक्रबाटै अधिवेशन सुचारु गरिएको एमाले धादिङका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिए। 4233333उनका अनुसार बन्दसत्रको कार्यक्रममा सर्वसहमतीमा नेतृत्व चयनको प्रक्रिया टुंग्याउने अपेक्षा गरिएको छ। यद्यपी, सो सम्भव नभए निर्वाचन प्रक्रियामा जाने तयारी नेताहरुको छ। 

    पहिले नै बिवादित बनेको अधिवेशनमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने सम्भवना अधिक रहेको एमालेका एक नेताले बताए। अध्यक्ष पदमा दोहोरिन चाहेका वर्तमान अध्यक्ष र अर्का आकांक्षी डा.रामकुमार अधिकारी बीचमा निर्वाचन हुने सम्भावन अधिक रहेको ती नेताको भनाइ छ। 

    एमाले धादिङको आमागी कार्यकालका लागि त्रिपाठी भर्सेस अधिकारीको चुनावी भिडन्त हुने सम्भावना अधिक छ। एमाले अध्यक्ष केपी शर्मा ओली निकट यी दुई आकांक्षीमा प्रदेश र जिल्लामा भने फरक गुटको प्रभाव परेको छ।

    नेकपा एमाले बागमतीका अध्यक्ष कैलाश ढुंगेल गुटका रामकुमार अधिकारी अध्यक्ष पदका दावेदार हुन् भने वर्तमान जिल्ला अध्यक्ष समेत रहेका त्रिपाठी संगठन विभाग प्रमुख तथा निर्वाचन मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा गुटका हुन्। 

    जिल्लाकै नेताहरुले फरक फरक गुट बनाएपछि गत माघमा भएको अधिवेशन कार्यक्रम प्रभावित बनेको थियो। 

    प्रकाशित मिति :फाल्गुण १ २०८० मंगलवार - १४:२८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij