Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एमाले धादिङको अध्यक्षमा त्रिपाठी र अधिकारी भिड्ने

एमाले धादिङको अध्यक्षमा त्रिपाठी र अधिकारी भिड्ने


  • 2.9K
    Shares

    एमाले धादिङको अध्यक्षमा त्रिपाठी र अधिकारी भिड्ने

    काठमाडौँ । विवादपछि एक साताअघि रोकिएको नेकपा (एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र आजबाट सञ्चालन हुने भएको छ । धादिङ सदरमुकाम धादिङबेसीमा ११ बजेपछि बन्दसत्र सुरु हुने नेता धर्मदत्त देवकोटाले जानकारी दिए ।

    उनका अनुसार बन्दसत्र सञ्चालन गर्न नौ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । नौ सदस्यीय अध्यक्ष मण्डलमा देवकोटासहित भानुभक्त ढकाल, रेशम लामा, माधव ढुङ्गेल, कैलाश ढुङ्गेल, नवराज सिलवाल, दावा लामा लगायत रहेका छन् ।

    ‘बन्द सत्रमा पहिला आर्थिक, राजनीतिक र सांगठानिक प्रतिवेदन पेस गरेर छलफलपछि पारित हुन्छ’, देवकोटाले भने, ‘त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’ उनका अनुसार सकभर सहमतिमै नेतृत्व चयनको प्रयास हुने र त्यो सम्भव नभए स्वच्छ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने तयारी छ ।

    जिल्ला अध्यक्षमा मौजुदा अध्यक्ष भूमि त्रिपाठी र नेता डा. रामकुमार अधिकारी आकाङ्क्षी छन् । पार्टी केन्द्रले प्यानल खडा गर्न निषेध गरे पनि त्रिपाठी र अधिकारी दुवैले समूहगत तयारी तीव्र पारेका छन् । निर्वाचन सम्पन्न गर्न विश्व अधिकारीको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

    माघ १९ बाट सुरु भएको अधिवेशनमा अध्यक्ष मण्डल गठन र प्रतिनिधि छनोटमा विवाद चर्किएपछि बन्दसत्र रोकिएको थियो ।

    प्रकाशित मिति :फाल्गुण १ २०८० मंगलवार - ११:३७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij