Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


  • 2.2K
    Shares

    माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान १० बजे प्रज्ञा भवन कमलादीमा बस्ने पार्टी सचिव देवेन्द्र पौडेलको जानकारी दिए ।

    उनका अनुसार बैठकमा आजैबाट सुरु हुने मस्यौदा विधान परिमार्जनको विषयमा छलफल हुने भएको हो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरूले आ-आफ्ना सुझाव दिएका थिए ।

    मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस हुने सचिव पौडेलले जानकारी दिए । पार्टीको विधान सम्मेलन आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुँदै छ ।

    तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १ २०८० मंगलवार - १०:५२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij