Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै


  • 2.1K
    Shares

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आइतबारबाट काठमाडौँमा सुरु भएको बैठकमा पहिलो दिन प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए । 

    आज पनि समसामयिक राजनीति र यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ ।

    माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनर्निर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।

    सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।

    प्रकाशित मिति :माघ २९ २०८० सोमवार - १०:५९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij