Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अर्थ मन्त्रालयले भन्‍यो-आगामी बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्नुस्

अर्थ मन्त्रालयले भन्‍यो-आगामी बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्नुस्


  • 6.4K
    Shares

    अर्थ मन्त्रालयले भन्‍यो-आगामी बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्नुस्
    images

    काठमाडौँ। अर्थ मन्त्रालयले आगामी वर्ष २०७८/७९ को बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ ।

    अर्थ मन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयहरुसँग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो । अर्थमन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्तावभन्दा पनि अघिल्लो आर्थिक वर्षका क्रमागत आयोजना नै समयमै सम्पन्न गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ ।

    छलफलमा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले अघिल्ला आर्थिक वर्षको क्रमागत आयोजना नै सम्पन्न गर्ने विषयलाई प्राथमिकताका साथ राखी सोही अनुरुप योजना तर्जुमा गर्न आग्रह गरे । 

    अर्थ मन्त्रालयले सरकारले उपलब्ध गराउने ससर्त अनुदानको बारेमा भने त्रिपक्षीय छलफल गरेर मात्र योजना बनाउने भएको छ । ससर्त अनुदानमा सञ्चालित आयोजनाको कार्यान्वयन प्रभावकारी नभएको र अपनत्व पनि कसैले नलिएको कारण अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र प्रदेशसँग छलफल गरेर मात्र अगाडि बढाउने महाशाखा प्रमुख शर्माले जानकारी दिए ।

    अर्थ मन्त्रालयले कार्यसञ्चालन खर्चमा समेत मितव्ययिता अपनाउन आग्रह गरेको छ । सरकारले आगामी बजेटमा कार्यसञ्चालन सम्बन्धी बजेट वृद्धि नगर्ने भएकाले मन्त्रालयहरुलाई बजेट नबढाउन आग्रह गरिएको हो ।

     

     

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - १६:३३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij