२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । एक महिने स्वस्थानी व्रतको परम्परा अनुसार व्रतालुहरू परदेश यात्रा अन्तर्गत आज बिहान पशुपतिमा पूजा गरेका छन्।
बागमती नदीमा स्नान गरेर उनीहरूले नित्य पूजा गरेका छन्। हिजो पशुपति आइपुगेका व्रतालुहरू आज फर्पिङ जानेछन्। पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ ।
माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ ।
स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिव लिङ्ग बनाई निराहार तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको कथासँग जोडिएको छ ।
शिव—पार्वतीको विवाह भइसकेपछि लोक कल्याणका निम्ति परम्परागत रूपमा सोही व्रत कथा प्रचलन हुदै आएको मानिन्छ ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij