Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

नेपाली मौलीक नृत्यमा जमेकी सुमित्रा

नेपाली मौलीक नृत्यमा जमेकी सुमित्रा


  • 16.3K
    Shares

    नेपाली मौलीक नृत्यमा जमेकी सुमित्रा
    images

    नेपाली मौलीक गीतमा नृत्य गर्नमा पोख्त सुमित्रा गुरुङ यस क्षेत्रमा थप जमेकी छन् ।  पछिल्लो समय विभिन्न स्टेज कार्यक्रमहरुमा उनको नृत्यको माग बढ्दै गएको छ । .

    गोरखा जिल्ला साबिक थालाजुङ–२ हाल सिरान्चोक मा बाबा मनकाजी गुरुङ र आमा टिकमाया गुरुङ रिमालको कोखबाट बि. सं.  २०५५ साल जेठ ५ गते जन्मेकी सुमित्रा गुरुङ पछिल्लो समयकी नव उदीयमान मोडल तथा नृत्यङ्गना हुन् ।  उनी गाउँघरमा गुन्जिने कौडा, सालैजो, घाँटु जस्ता मौलिक गीतमा नाच्न पोख्त उनले २०७१ सालमा साङ्गीतिक क्षेत्रमा पाइला टेकेकी हुन् । 

    153532de-3637-44ab-b4f8-5ea24e8fa0a0.jpg

    आर्थिक हिसावले मध्यम परिवारमा जन्मेकी सुमित्रा मौलिक अभिनय तथा नृत्यमा अधिक रुचाइएको पात्रमा पर्दछिन् । पछिल्लो समयमा  नृत्यमा भड्किलो पन हावी हुँदै गइरहेको बेला मोडल तथा नृत्यङ्गना सुमित्रा भने मौलिक पनमै अडिग छिन् । सर्वाधिक रुचाइएको गीत ‘सल्ला धुपैले’ की मोडल गुरुङले यो बाहेक  ‘सिरान्चोके चेली’, ‘ए ङोलो मारामारा’, ‘मन्दिर छर देवतालाइ पुजेको’, ‘कान्छि माया जालैमा तिम्रै भर परे’ लगायतका आफ्नो उत्कृष्ट अभिनय पस्केकी छिन् ।

    गीत सङ्गीतमा सोचेजस्तो नभए पनि आफु यही मौलिक नृत्यको कारण अहिलेसम्म टिक्न सकेको बताउछिन् ।  नेपालमा हुने महोत्सव तथा अन्य स्टेज कार्यकम नै मुख्य आम्दानी को श्रोत बताउने उनी विभिन्न अवार्ड सम्मानित भइसकेकी छिन् ।

    ‘यसै क्षेत्रबाट आफ्नो करियर सुरु गरें, अब यसै क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने अठोट गरेकी छु ।’ उनी भन्छिन्– ‘नेपाली मौलीक गीत, संगीत र नृत्य हाम्रो सांगीतिक क्षेत्रको प्राण हो । यसैमा हामी अडिन ज्यून सक्नु पर्छ ।’ उनी आत्मविश्वास व्यक्त गर्दछिन् ।

    प्रकाशित मिति :माघ २६ २०८० शुक्रवार - ०९:१५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij